सुआरेज उरुग्वेको क्लबमा अनुबन्धित
बिहिबार, १२ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । उरुग्वेका फरवार्ड लुइस सुआरेज उरुग्वेको क्लब क्लब नासिनल डी फुटबलमा अनुबन्धित भएका छन् ।
नासिनलले फरवार्ड सुआरेजलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
नासिनल उनको पहिलो क्लब समेत हो ।
३५ वर्षीय सुआरेज एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि बजारमा निशुल्क रुपमा उपलब्ध थिए ।
सुआरेज २०२० मा बार्सिलोनाबाट एट्लेटिको आएका थिए ।
एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर सुआरेजलाई क्लब भित्र्याएको हो ।
क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।
सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।
सुआरेज उरुग्वेको क्लबमा अनुबन्धित











-1776523830982.png&w=3840&q=75)
