काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिना युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।
जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन् ।
खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १-१ गोलको बराबरी गर्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २-१ को जित दिलाईन् ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ ।
