काठमाडौं । प्रिमियर लिगको नव प्रवेशी क्लब फुलहमले स्विजरल्याण्डका डिफेन्डर केभिन एमबाबुलाई अनुबन्ध गरेको छ।
फुलहमले जर्मन क्लब वुल्फवर्गबाट केभिनलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय केभिनले फुलहमसँग तीन वर्षको सम्झौता गरेका छन् ।
'फुलहमको खेलाडी बन्न पाउँदा खुशी छु,' सम्झौतापछि उनले भनेका छन् ।
उनले बुन्डेसलिगा क्लबका लागि ६६ खेल खेलेका थिए ।
स्विजरल्याण्डका लागि उनले ३२ खेल खेलेका छन् ।