काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड सेबास्टियन हलर केहि महिना मैदान बाहिर रहने भएका छन् ।
डर्टमण्डले क्यान्सरको उपचार गराईरहेका सेबास्टियन केहि महिना मैदान बाहिर रहने जनाएको छ ।
डर्टमण्डले सेबास्टियनको अण्डकोषको क्यान्सरको सफल शल्यक्रिया भएको समेत जनाएको छ ।
केहि साता अघि सेबास्टियनलाई अण्डकोषको क्यान्सर भएको पुष्टि भएको थियो ।
अण्डकोषमा ट्युमर देखिएपछि उपचारका लागि उनले प्रि-सिजनको प्रशिक्षण छाडेका थिए ।
२८ वर्षीय फरवार्ड यसै सिजन डच क्लब आयाक्सबाट डर्टमण्ड आएका थिए ।
आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग ४ वर्षको सम्झौता गरेका थिए ।