इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य
सोमबार, २६ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्कटल्यान्डले आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
कोलकाताको इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको बलियो स्कोर बनायो।
योसँगै इटालीले २०८ रनको लक्ष्य पछ्याउँदै जवाफी इनिङ्स खेल्नेछ। स्कटल्यान्डका जर्ज मन्सीले सानदार ब्याटिङ गर्दै ५४ बलमा ८४ रन बनाए। उनले १३ चौका र २ छक्का प्रहार गरे।
माइकल जोन्सले ३० बलमा ३७ रन जोडे। अन्त्यतिर ब्रान्डन म्याकमुलनले अविजित ४१ रन (१८ बल) र माइकल लिस्कले ५ बलमा विस्फोटक २२ रन बनाएर टोलीको स्कोर २०० पार गराए।
इटालीका अली हसन, ग्रान्ट स्टुअर्ट, थोमस ड्राका र जेजे स्मट्सले समान १–१ विकेट लिए।








-1770555824523.jpeg&w=3840&q=75)



