आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’
mustang rice ad

काठमाडौं। वानखेडे स्टेडियम आइतबार साँझ नेपालका लागि इतिहासनजिक पुगेर चुकेको क्षणको साक्षी बन्यो। दुईपटकको विश्वविजेता इङ्ल्यान्डविरुद्ध नेपाल अन्तिम बलसम्म लड्यो।

तर, ४ रनको अन्तरले जित हात पार्न सकेन। आईसीसी टी–२० पुरुष विश्वकप समूह ‘सी’ को यो खेलमा हार भए पनि नेपालका लागि जितसरह बन्यो।

१८५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपालले सुरुआतदेखि नै डरविहीन क्रिकेट खेल्यो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३७ रन जोड्दै इङ्ल्यान्डमाथि दबाब सिर्जना गरे। तर, तेस्रो ओभरमा आसिफ लियाम एन्ड्र्यु डसनको बलमा आउट भएपछि लय केही बिग्रिन पुग्यो।

५.२ ओभरमा ४२ रन हुँदा कुशल पनि विल ज्याक्सको बलमा पभेलियन फर्किए। त्यसपछि जिम्मेवारी सम्हाल्न क्रिजमा उत्रिए कप्तान रोहितकुमार पौडेल। रोहितले दीपेन्द्रसिंह ऐरीसँग मिलेर इनिङ्सलाई धैर्यताका साथ अघि बढाए। दुई जनाबीच बनेको ८२ रनको साझेदारीले नेपाललाई फेरि जितको बाटोतर्फ डोर्‍याएको थियो।

‘हामी अन्तिम पाँच ओभरको हिसाब गरिरहेका थियौं,’ कप्तान रोहित खेलपछि भन्छन्,‘हातमा विकेट राखेर प्रतिओभर कम्तीमा १०–१२ रन चाहन्थ्यौं। त्यसैले प्रत्येक ओभरको पहिलो दुई बलमा बाउन्ड्री खोज्ने कुरा भइरहेको थियो।’

तर, खेलको १५औं ओभरमा दीपेन्द्र साम करनको बलमा टम बन्टनद्वारा क्याच आउट भएपछि खेलले निर्णायक मोड लियो। दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाएर नेपाललाई जीवित राखेका थिए।

अन्तिम ओभरतर्फ जाँदा खेल झनै रोचक बन्यो। नेपाललाई जितका लागि १० रन आवश्यक थियो। दबाब उच्च थियो। तर, नेपाली ब्याटर लोकेश बमको आत्मविश्वास उस्तै। अन्तिम बलसम्म खेल तानियो। तर, आवश्यक रन पूरा हुन सकेन।

‘आदिल रशिदको बलमा राम्रो रन बनिहेको थियो। तर, उनलाई लक्षित गर्ने कुनै विशेष योजना थिएन। हामीले एक समूहको रूपमा सोच्यौं। दीपेन्द्र र मैले आज उनको बलमा प्रहार गर्न सक्छौं र यो हाम्रो लागि राम्रो रह्यो,’ उनी भन्छन्।

रोहितले ३४ बलमा ३९ रन जोडे भने लोकेशले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको विस्फोटक इनिङ्स खेले। तर, ती इनिङ्स पनि जितका लागि पर्याप्त हुन सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

इङ्ल्यान्डका बेथेल र कप्तान ब्रुकले उत्कृष्ट इनिङ्स खेले। बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

जोस बटलरले पनि १७ बलमा २६ रनको योगदान दिए। अन्त्यतिर विल ज्याक्स १८ बलमा ३९ रन बनाउँदै अविजित रहे। यो नै हारको कारण बन्न पुग्यो।

‘अन्तिम तीन ओभरमा ४५ रन गयो,’ रोहित आत्मालोचना गर्छन्,‘पछि सोच्दा हामी त्यो क्षेत्रमा अझ राम्रो गर्न सक्थ्यौं। डेथ ओभरमा योर्कर र स्लो बाउन्सर प्रहार गर्न सजिलो हुँदैन। तर, हामीले त्यहाँ केही कमजोरी गर्‍यौं। हामी यसबाट सुधार गर्छौं।’

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट हात पारे। खेल सकिएपछि स्टेडियमभरि नेपाली समर्थकहरूको आवाज गुञ्जिरहेको थियो। त्यसैबारे भावुक हुँदै रोहित भन्छन्,‘आज यहाँ हेर्दा पूरा काठमाडौं, पूरा नेपाल हामीसँगै आएको जस्तो लाग्थ्यो। आज हामीले सबैथोक दियौं र मलाई लाग्छ पूरा नेपालले हामीमाथि गर्व गर्नेछ।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका