ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य
आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता
-1770548725823.jpeg&w=3840&q=75)
काठमाडौं। ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकसँगै इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपमा नेपालले १८५ को विशाल लक्ष्य दिएको छ।
वानखेडे मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
इङ्ल्यान्डका बेथेल र कप्तान ब्रुकले उत्कृष्ट इनिङ्स खेले। बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
जोस् बटलरले पनि १७ बलमा २६ रनको योगदान दिए। अन्त्यतिर विल ज्याक्स १८ बलमा ३९ रन बनाउँदै अविजित रहे।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए। सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट हात पारे। शेर मल्लले पनि १ विकेट लिए।






-1774523438835.jpg&w=3840&q=75)



-1774509889599.jpeg&w=3840&q=75)


