आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो
आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता
झापा। डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब सातौं झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
झापाको डोमालाल राजवंशी रंगशालामा खेलको २७ औं मिनेटमा आर्मीले अग्रता लियो। दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए।
आर्मीले अर्को गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो। कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो।
आर्मीले अर्को गोल फ्रिकिकमार्फत गर्न सफल भयो। जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नविन लामा घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। ब











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


