बंगलादेशले भारतलाई हरायो
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।
बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले दुई गोल गरे ।
भारतका गुर्किरात सिंहले एक गोल फर्काए ।
यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ ।
बंगलादेश शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।
भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
बंगलादेशले भारतलाई हरायो












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)