मार्टिनेज युनाईटेडमा
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब युनाईटेडले डिफेन्डर लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गरेको हो ।
युनाईटेडले बुधबार औपचारिक रुपमा मार्टिनेजलाई अनुबन्ध गरिएको जनाएको छ ।
२४ वर्षीय डिफेन्डरले युनाईटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
अर्जेन्टिनी डिफेन्डर मार्टिनेज २०१९ मा आयाक्समा अनुबन्धित भएका थिए ।
डच क्लबका लागि उनले १ सय २० खेल खेलेका छन् ।
सेन्टर डिफेन्डरले आयाक्समा युनाईटेडका अहिलेका मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेलेका थिए ।
युनाईटेडले यस समरमा तेस्रो खेलाडीको रुपमा मार्टिनेजलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि युनाईटेडले मालासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ ।
मार्टिनेज युनाईटेडमा












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)