बराबरीमा रोकियो रियल
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २-२ गोलको बराबरी खेलेको हो ।
रियलका लागि करिम बेन्जिमा र इडेन हाजार्डले एक एक गोल गरे ।
क्लब अमेरिकाका हेनरी मार्टिन र अल्भारो फिडाल्गोले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा अल्भारोले पेनाल्टीमा गोल गर्दै क्लब अमेरिकालाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीमा रोकियो रियल












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)