काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले इटालियन स्ट्राइकर जियानलुका स्कामाकालाई अनुबन्ध गरेको छ।
वेस्ट ह्यामले इटालियन क्लब सासोउलोबाट जियानलुलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय स्ट्राइकरलाई ३०.५ मिलियन तिरेर वेस्ट ह्यामले अनुबन्ध गरेको हो ।
जियानलुकाले वेस्ट ह्यामसँग पाँच वर्षको सझौता गरेका छन् ।
यस्तै एक वर्ष सम्झौता थपको बिकल्प समेत दिईएको छ ।
'यस अवसरका लागि मैले लामो समय पर्खिए । प्रिमियर लिग खेल्ने मेरो सपना थियो,' सम्झौतापछि उनले भनेका छन् ।
वेस्ट ह्यामले चौंथो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।
जियानलुकाले गत सिजन ३६ खेलमा १६ सिरी ए गोल गरेका थिए ।
उनी दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।
इटालीका लागि उनले ७ खेल खेलिसकेका छन् ।