काठमाडौं । महिलाको युरोमा जर्मनी जहाँ सबैभन्दा सफल टिममध्ये एक हो, त्यहीं फ्रान्स प्रतियोगिताका लागि केही हदसम्म नयाँ जस्तै हो । नयाँ के अर्थमा भन्दा फ्रान्स पहिलो पटक युरोको सेमिफाइनल पुगेको छ, फाइनल त परको कुरा । ठीक त्यहीं जर्मनीले कीर्तिमान नौ पल्ट यो उपाधि जितेको छ । यिनै दुई टिमबीच आज राति बुधबार पौने एक बजे युरो २०२२ को दोस्रो सेमिफाइनल हुँदैछ ।
आयोजक इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । एमके रंगशालामा हुने दोस्रो सेमिफाइनलको नतिजाले उपाधि भिडन्तमा इंग्ल्यान्डको प्रतिद्वन्द्वी तय गर्नेछ । अनुभव र इतिहास दुवैको आधारमा जर्मनी फाइनल प्रवेशका लागि बलियो प्रत्यासी रहेको छ । तर मैदानमा के हुने हो, त्यो प्रतीक्षाको विषय बनेको छ ।
त्यसो त जर्मनी यसपल्टको प्रतियोगितामा पनि लयमा छ र उसले अहिलेसम्म खेलका चार खेलमा ११ गोल गरिसकेको छ, त्यो पनि कुनै गोल नखाएर । त्यसैले जर्मनीको उद्देश्य फाइनल प्रवेश गर्नु मात्र रहेको छैन्, नवौं पल्ट उपाधि जित्ने सपना पनि रहेको हुनु पर्छ । फ्रान्ससामु भने सबै अर्थमा नयाँ इतिहास बनाउने अवसर छ ।
लिग चरणमा फ्रान्सको प्रदर्शन मध्यम खालको रह्यो । उसको नकआउट चरणको यात्राका सबैभन्दा ठूलो विशेषता रह्यो, उसले खेलेका सबै खेलमा विपक्षीले गोल गरेको छ । यो उसका लागि चिन्ताको विषय बनेको छ । तर अहिले तत्कालका लागि सबैभन्दा चिन्ताको समाचार जर्मन टिमबाटै आएको छ, टिमका प्रमुख खेलाडी कार्ला बुहलले सेमिफाइनल खेल्ने छैनन् । उनलाई कोभिड संक्रमणले छोपेको छ ।
–एएफपीको सहयोगमा ।