बार्सिलोना र युभेन्ट्सको बराबरी
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले बराबरी खेलेका छन् ।
अमेरिकाको टेक्ससमा बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने बार्सिलोनाले बनाएको थियो ।
खेलको ३४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
मोइस किनले ३९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ५१ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा फर्काएका थिए ।

बार्सिलोना र युभेन्ट्सको बराबरी












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)