काठमाडौं । उरुग्वेका फरवार्ड लुइस सुआरेज आफ्नो पहिलो क्लब नासिवनल फर्कन तयार भएका छन् । लिभरपुल र बार्सिलोनामा पूर्व फरवार्डले आफु उरुग्वेमा व्यवसायीक रुपमा खेलेको पहिलो क्लब फर्कन प्रारम्भिक रुपमा सम्झौता गरेको बताएका छन् ।
३५ वर्षिय फरवार्ड एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि बजारमा निशुल्क रुपमा उपलब्ध थिए । नोभेम्बरमा हुने विश्वकपपछि उनी नासिवनल फर्कने अपेक्षा गरिएको छ ।
उनले सामाजिक सञ्जालमार्फत प्रारम्भिक सम्झौताको विषय खुलाउँदै चाँडै सबैको चाहेको सहमतीमा पुग्ने आशा ब्यक्त गरेका छन् । उरुग्वेली फरवार्ड पहिलो क्लबमा जोडिएसँगै करिब २० हजार समर्थकले सुआरेजको मास्क लगाएर मैदानमा आएका थिए ।
व्यवसायीक रुपमा उनले १८ वर्षको उमेरमा सन् २००५ मा नासिवनलसँग सम्झौता गरेका थिए । उनले क्लबलाई उरुग्वेको लिगको उपाधि जित्न मदत समेत गरेका थिए । त्यसपछि उनी युरोपमा करियरलाई अघि बढाएका थिए । ‘सर्वप्रथम म र मेरो परिवारलाई पछिल्लो केही दिनमा देखाइएको ठुलो स्नेहका लागि धन्यवाद भन्न चाहन्छु ।’ सुआरेजले भनेका छन् ।

उनले थपेका छन्, ‘नासिवनलका लागि खेल्न फर्कने सम्भावनालाई अस्विकार गर्न असम्भव बनाएको छ । र क्लबसँग प्रारम्भिक सम्झौता भएको छ ।’