रामसेले छाडे युभेन्ट्स
मंगलबार, १० श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर आरोन रामसेले क्लब छाडेका छन् ।
युभेन्ट्सले मंगलबार मिडफिल्डर रामसेसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
युभेन्ट्सले आपसी सहमतिमा क्लब छाडेको जनाएको छ ।
वेल्सका मिडफिल्डर २०१९ मा आर्सनलबाट युभेन्ट्स आएका थिए ।
तर, उनले अधिकांस समय लोनमा खेल्दै आएका छन् ।
गत सिजन उनले स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सबाट लोनमा खेलेका थिए ।
रेन्जर्सका लागि उनले ७ खेलमा २ गोल गरेका थिए ।
३१ वर्षीय मिडफिल्डरले वेल्सका लागि ७५ खेलमा २० गोल गरेका छन् ।
रामसेले छाडे युभेन्ट्स











-1776523830982.png&w=3840&q=75)
