काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सुरु गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारबाट नेपाली टोलीले औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको हो ।
मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
बन्द प्रशिक्षणका लागि डाकिएको खेलाडी -
गोलकिपर : एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन
डिफेन्डर : अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर
मिडफिल्डर ; सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन