उर्जन यू-१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक
मंगलबार, साउन १०, २०७९खेलपाटी संवाददाता
काठमाडौं । प्रशिक्षक उर्जन श्रेष्ठ नेपाली यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि श्रेष्ठलाई टिम हेर्ने जिम्मेवारी दिएको हो।
एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठले गत सिजनको ए डिभिजन लिगमा थ्री स्टारको टोली सम्हालेका थिए ।
नेपालले साफ यू-१७ र एएफसी यू-१७ एसियन कप छनोटका लागि मंगलबारबाट खेलाडी छनोट सुरु गरेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।
यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
उर्जन यू-१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

