काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने विषयमा मुख्य प्रशिक्षक एरिक टेन हागसँग छलफल गर्ने भएका छन् ।
प्रशिक्षक एरिकसँग छलफलका लागि रोनाल्डो म्यानचेस्टर आईसकेका छन् । रोनाल्डो र एरिकबीच मंगलबार छलफल हुने बताईएको छ ।
रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् । रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।
रोनाल्डो युनाईटेडको प्रि-सिजन टुरमा समेत गएका थिएनन् । यद्दपी रोनाल्डोलाई युरोपका ठुला क्लबले अनुबन्धको लागि चाँसो देखाएको छैन ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए । रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए ।
तर, युनाईटेड लिगको छैटौं स्थानमा रह्यो । जसको कारण युनाईटेडले च्याम्पियन्स लिगको छनोट खेल्ने अवसर गुमाएको थियो ।
पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
रोनाल्डोले सम्झौता नसकिदै क्लबबाट बाहिरिने योजना बनाएको हो ।
यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्न चाहन्छ ।