काठमाडौं । प्रिमियर लिगको नव प्रवेशी क्लब फुलहमले इजरायली मिडफिल्डर मानोर सोलोमोनलाई अनुबन्ध गरेको छ।
फुलहमले युक्रेनी क्लब शाख्तर डोनेस्कबाट सोलोमोनलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय सोलोमोनले एक वर्षको सम्झौता गरेका छन् ।
फिफाले युक्रेनी क्लबसँगको सम्झौता अन्त्य गर्न अनुमति दिएपछि सोलोमोन फुलहममा अनुबन्धित हुने छन् ।
युक्रेनी क्लबका लागि उनले ७० खेलमा १६ गोल गरेका छन् ।
इजरायलका लागि उनले ३१ खेलमा ६ गोल गरेका छन् ।