डिफेन्डर डेभिसले गरे सम्झौता नवीकरण
सोमबार, साउन ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमका डिफेन्डर बेन डेभिसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
टोटेनहमले सोमबार डिफेन्डर डेभिसले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२५ सम्म टोटेनहममा रहने छन् ।
२९ वर्षीय डिफेन्डर २०१४ मा स्वान्सीबाट टोटेनहम आएका थिए ।
वेल्सका डिफेन्डर डेभिसले टोटेनहमका लागि २ सय ७१ खेल खेलेका छन् ।
गत सिजन उनले कुल ४३ खेल खेलेका थिए ।
वेल्सका लागि उनले ७४ खेल खेलेका छन् ।
डिफेन्डर डेभिसले गरे सम्झौता नवीकरण








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)