काठमाडौं । इटालियन क्लब युभेन्ट्सले ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिन्हो अनुबन्धको तयारी गरेको छ ।
युभेन्ट्सले फिर्मिन्हो अनुबन्धका लागि लिभरपुललाई प्रस्ताव पेश गरेको टुत्टोस्पोर्ट्सले जनाएको छ ।
युभेन्ट्सले फिर्मिन्हो अनुबन्धका लागि २३ मिलियन युरोको प्रस्ताव गरेको बताईएको छ ।
लिभरपुलले युभेन्ट्सको प्रस्तावलाई छलफल गरिरहेको बताईएको छ ।
फिर्मिन्हो २०१५ मा होफेनहाइमबाट लिभरपुल आएका थिए ।
लिभरपुलसँग उनको सम्झौता आगामी सिजनसम्म रहेको छ ।
३० वर्षीय फिर्मिन्होले लिभरपुलका लागि २ सय ३१ खेलमा ७१ गोल गरिसकेका छन् ।
उनले ब्राजिलका लागि ५५ खेलमा १७ गोल गरेका छन् ।