साफ यू-२० : नेपाल र माल्दिभ्सको खेल कसरि लाईभ हेर्ने ?
सोमबार, ०९ श्रावण २०७९खेलपाटी संवाददाता
भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ।
कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।
साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
माल्दिभ्स पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
नेपाल र माल्दिभ्सबीचको खेल प्रत्यक्ष प्रशारण हुनेछ । इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ ।
साफ यू-२० : नेपाल र माल्दिभ्सको खेल कसरि लाईभ हेर्ने ?











-1776523830982.png&w=3840&q=75)
