डिफेन्डर जुलेस अनुबन्ध गर्दै बार्सिलोना
सोमबार, साउन ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुलेस कोउन्डेलाई अनुबन्ध गर्ने भएको छ ।
फ्रेन्च डिफेन्डर अनुबन्धका लागि बार्सिलोना र सेभियाबीच सहमति भएको छ ।
२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ४ वर्षको सम्झौता गर्ने बताईएको छ ।
बार्सिलोना र जुलेसबीच सोमबार औपचारिक सम्झौता हुने बताईएको छ ।
सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए ।
सेभियाका लागि उनले युरोपा लिगको उपाधि जितेका छन् ।
फ्रान्सका लागि उनले ११ खेल खेलिसकेका छन् ।
डिफेन्डर जुलेस अनुबन्ध गर्दै बार्सिलोना








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)