यू-१७ राष्ट्रिय फुटबल टिम छनोट मंगलबारबाट
आइतबार, साउन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट साउन १० गते मंगलबारबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ छनोट मंगलबारबाट सुरु हुने जनाएको छ ।
यस अघि छनोट सोमबारबाट हुने जनाएको थियो ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्न लागेको हो ।
एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।
यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
यू-१७ राष्ट्रिय फुटबल टिम छनोट मंगलबारबाट








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)