काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले आफु पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन् ।
नेयमारले पीएसजीमा आफ्नो भविष्यबारे कुरा गर्दै सम्झौता रहेसम्म क्लबमै बस्ने बताएका छन् ।
'म क्लबमै बस्न चाहन्छु । म अझै केही वर्षको सम्झौतामा छु,' नेयमारले भनेका छन्, 'अहिलेसम्म क्लबले मलाई छाड्नेबारे केहि पनि भनेको छैन।'
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट १ सय ९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए ।
पीएसजीमा नेयमारको सम्झौता २०२५ सम्म रहेको छ ।
नेयमारले आफुले कसैलाई प्रमाणित गर्नुपर्ने आवश्यकता नरहेको समेत बताए ।
उनले आफु खुशी हुनलाई फुटबल खेल्ने गरेको बताए ।
'कसैलाई प्रमाणित गर्नुपर्ने केहि छैन। मानिसहरूले मलाई चिन्छन् । म को हुँ, म पिचमा कस्तो व्यवहार गर्छु, मेरो खेल कस्तो छ भन्ने थाहा छ', नेयमारले थपे, 'मैले आफूलाई प्रमाणित गर्न आवश्यक छ । खुशी हुन मैले फुटबल खेल्नुपर्छ ।'