काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ ।
अमेरिकाको लास भेगासमा आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियललाई १-० गोल अन्तरले हराएको हो ।
प्रि-सिजनको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे ।
उनले खेलको २७ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । यसै सिजन बार्सिलोना आएका उनको यो प्रि-सिजनमा दोस्रो गोल हो ।
त्यसबाहेक दुबै टोलीले अन्य केहि अवसर खेर फालेका थिए । रियलको दुई उत्कृष्ट प्रहार पोलमा लागेर फर्किएको थियो ।
नयाँ सिजन अघि तयारी गर्न रियल र बार्सिलोना अमेरिकामा रहेका छन् ।
