चेल्सीको फराकिलो हार
आइतबार, साउन ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी पराजित भएको छ ।
फ्लोरिडामा आइतबार बिहान भएको खेलमा चेल्सीलाई आर्सनलले ४-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनी यसै सिजन म्यानचेस्टर सिटीबाट आर्सनल आएका हुन् ।
३६ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
खेलको ६६ औं मिनेटमा साकाले गोल गरेपछि आर्सनल ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा अल्बर्टले गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।
चेल्सीको फराकिलो हार







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)