हालाण्डको गोलमा सिटीको जित
आइतबार, ०८ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखले जित निकालेको छ ।
आइतबार बिहान भएको खेलमा सिटीले बायर्नलाई १-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।
हालाण्डले खेलको १२ औं मिनेटमा गोल गरे ।
हालाण्ड यसै सिजन बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन् ।
प्रि सिजन तयारीका लागि सिटी र बायर्न अमेरिकामा रहेका छन् ।
हालाण्डको गोलमा सिटीको जित









-1770628505169.jpg&w=3840&q=75)



