भाग्यले फेरि जुराएको अबमेयाङ र लेवनडोस्कीको भेट

काठमाडौं । बार्सिलोनाका धेरै समर्थक जस्तै पिएरे एमरिक अबमयाङ पनि उत्तिकै खुसी छन्, क्लबमा रोबर्ट लेवनडोस्कीको आगमन पछि ।
यसले देखाएको छ, भाग्य मात्र बलियो हुनु पर्छ, पुराना साथी कसरी कति बेला फेरि भेट हुन्छ भन्नै सकिन्न । कुनै समय उनीहरू जर्मन बुंडेसलिगामा बोरुसिया डर्टमुन्डका लागि सँगै खेल्थे ।
सन् २०१३–२०१४ को सिजनमा त उनीहरूले एक आपसमा मिलेर ४४ गोल गरे ।
आर्सनलका पूर्व खेलाडी अबमयोङलाई लाग्छ, उनीहरू दुई जनाको साझेदारीले अबको सिजन अझ धेरै गोल निस्कनेछ । अबमयोङ भन्छन्, ‘हामी अब पहिलेको तुलनामा अझ बढी अनुभवी भएका छौं । त्यसैले अझ राम्रो गर्न पनि सक्छौं ।’

उनलाई के पनि विश्वास छ भने बार्सिलोनमा रहेर लेवनडोस्कीले आफ्नो खेल जीवनमा अझ ठूलो सफलता प्राप्त गर्नेछन् ।
‘बार्सिलोनाले यस सिजन उपाधि जित्नका लागि खेल्नेछ र यसका लागि लेवनडोस्की जस्ता उत्कृष्ट खेलाडीको आवश्यकता छ ।’ पोलिस फरवार्डले हालै मात्र बायर्न म्युनिक छाडेर बार्सिलोनासँग अनुबन्ध गरेका थिए ।
उनले बायर्नमा रहेर सबै खाले सफलता प्राप्त गरेपछि अन्त्यमा क्लब छाड्ना सम्बन्ध भने मीठो रहेन । बार्सिलोनासँगको अनुबन्ध अगाडि लेवनडोस्की र बायर्नको सम्बन्ध निकै नाजुक मोडमा पुगेको थियो ।
अबमयाङ गत सिजन बार्सिलोना आएका थिए र उनको पनि आर्सनलसँगको सम्बन्ध यस्तै अति नाजुक मोडमा पुगेको थियो । यसलाई पनि अर्को भाग्यको खेल मान्ने कि ?







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)