युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको आशा
1658590943.jpg&w=3840&q=75)
भुवनेश्वर । साफ यू-२० पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली युवा टोली भारतको भुवनेश्वर आईपुगेका छन् । नेपाली टोलीले आज शनिबार कालिङ्गा रंगशालामा अभ्यास समेत गरेको छ ।
प्रतियोगिता सुरु हुनुअघि नेपाली टोलीका प्रशिक्षक र कप्तान साफ यू-२० को उपाधि जित्नेमा विश्वस्त देखिए ।
नेपाली टोलीका गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धरले युवा टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उपाधि जित्न नेपाली युवा टोलीलाई राम्रो अवसर रहेको उनको भनाई छ ।
नेपाली टोलीका सहायक प्रशिक्षक बाल गोपाल साहुखलले नेपालको भन्दा फरक वातावरण रहेकाले यहाँको मौसममा अभ्यस्त युवा टोलीले प्रयास गरिरहेको जानकारी दिए ।
नेपाली टोलीका कप्तान आयुस घलानले आफु कप्तानको जिम्मेवारीमा खरो उत्रन प्रयास गर्ने बताए ।
सिनियर साफ खेलिसकेको अनुभवले आफुलाई केहि सहजता हुने उनको दाबी थियो।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)