पीएसजीको सहज जित
शनिबार, साउन ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
जापानमा शनिबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब उरावा रेड डाइमण्डलाई ३-० गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा अर्नौडले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
पीएसजीको सहज जित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)