बराबरीमा रोकियो युनाईटेड
शनिबार, ०७ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लासँग बराबरी खेलेको छ ।
अष्ट्रेलियाको पर्थमा शनिबार भएको मैत्रीपूर्णमा युनाईटेडले एस्टनसँग २-२ गोलको बराबरी खेलेको हो ।
दुई गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।
खेलको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा म्याटी क्यासले आत्मघाती गोल गर्दा युनाईटेड २-० ले अघि रह्यो ।
तर, खेलको ४९ औं मिनेटमा लिओन बेलीले गोल गर्दै एस्टनलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा कलुम च्याम्बर्सले गोल गर्दै एस्टनलाई २-२ गोलको बराबरीमा ल्याए ।
बराबरीमा रोकियो युनाईटेड










-1770628505169.jpg&w=3840&q=75)

