जियानलुका वेस्ट ह्याममा अनुबन्धित हुँदै
शनिबार, साउन ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले इटालियन स्ट्राइकर जियानलुका स्कामाकालाई अनुबन्ध गर्ने भएको छ ।
जियानलुका अनुबन्धको लागि वेस्ट ह्याम र इटालियन क्लब सासोउलोबीच सहमति बनेको बताईएको छ ।
२३ वर्षीय स्ट्राइकरलाई २३.५ मिलियन तिरेर वेस्ट ह्यामले अनुबन्ध गर्न लागेको हो ।
वेस्ट ह्यामले चौंथो खेलाडीको रुपमा उनलाई अनुबन्ध गर्ने भएको हो ।
जियानलुकाले गत सिजन ३६ खेलमा १६ सिरी ए गोल गरेका थिए ।
उनी दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।
इटालीका लागि उनले ७ खेल खेलिसकेका छन् ।
जियानलुका वेस्ट ह्याममा अनुबन्धित हुँदै








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)