मानेले खोजेको चुनौती

एजेन्सी । साडियो मानेले भनेका छन्, उनी गत वर्षनै लिभरपुल छाड्न चाहन्थे । उनले यो कुरा क्लबलाई पनि बताएका थिए । उनले फुटबल करियरमा नयाँ चुनौती खोजेका थिए । माने बिहीबार मात्र दोस्रो पटक अफ्रिकन प्लेयर अफ दी इयर घोषित भएका छन् । गत जुनमा उनले तीन वर्षको सम्झौता गरेका छन्, ३२ पटकको जर्मन लिग च्याम्पियन बायर्न म्युनिखसँग । उमेरमा माने ३० पुगेका छन् ।
‘गत वर्षनै मैले क्लब छाड्ने निर्णय लिएको थिए । किनकी जिवनमा मैले नयाँ चुनौती खोजेको थिए ।’ मानेले भनेका छन्, ‘मेरा लागि यो सही समय हो । मैले प्रशिक्षकसँग एक वर्षअघिनै छलफल गरे । मैले आफ्नो इच्छाको बारेमा बताएको थिए ।’
‘यदी तपाई मेरो कथा हेर्नुहुन्छ भने म सानो शहरबाट आएको हुँ । मेरोे जिवन सधै चुनौतीपूर्ण रह्यो । त्यसैले म हरेक समय आफैसँग चुनौती गरिरहेको हुन्छु ।’ उनले थपे ।
माने सानो शहर बम्बलीबाट आएका हुन् । जसको जनसंख्या २० हजार छ । यो शहर दक्षिण सेनेगल क्षेत्रमा अवस्थित छ । उनी क्लबको खोजीमा त्यहाँबाट भागेका थिए, जब उनी मात्र १६ वर्षका थिए ।
बिहीबार उनले दोस्रो पटक महादेशको वर्ष खेलाडी चुनिए । चेल्सीका गोलकिपर मेन्डे र क्लबका सहकर्मी मोहमद सलाहालाई पछि पार्दै उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
सहकर्मी सलाहासँग मानेले लिभरपुलबाट धेरै उपाधि जिते । सन् २०१६ मा उनी एनफिल्ड क्लबसँग जोडिएका थिए । उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफ ए कप, लिग कप, यूईएफ ए सुपर कप र क्लब विश्वकपको उपाधि हात पारे ।
‘मैले ८ वर्ष प्रिमियर लिगमा बिताए । पक्कैपनि ६ वर्ष मैले लिभरपुलमा निकै सुखद समय बिताए । मैले सम्भव भए जति सबै कुरा जिते ।’ उनले थपेका छन् ।
उनले प्रिमियर लिगका २ सय ६३ खेलमा १ सय ११ गोल, ३८ गोलको अवसर सिर्जना गरेका छन् । उनी सन् २०१४ मा साउथह्याम्टनसँग आबद्ध भएका थिए । मानेले लिभरपुल सही समयमा छाडेको मान्छन् । ‘यो पक्कै सहज निर्णय थिएन । तर जिवनमा कहिले काही तपाईले यस्तो निर्णय लिनुपर्छ र मलाई लाग्छ, यो मेरो जिवनको अहिलेसम्मको सही निर्णय हो ।’ मानेले भनेका छन् ।
‘म आज विश्वको एक उत्कृष्ट क्लबमा छु । म बायर्न म्युनिखमा निकै खुसी छु । र नयाँ सिजन सुरु गर्न निकै उत्साहीत छु ।’ उनले भने ।
रोबर्ट लेवान्डोस्कीले बायर्न छाडेर बार्सिलोना गएपछि मानेले क्लबको अग्रपङ्तीको नेतृत्व गर्दै बुधबार सुखद सुरुवात गरेका छन् । अमेरिकाको राजधानी वासिंगटनमा भएको डीसी युनाईटेडविरुद्ध प्राप्त ६–२ को जितमा मानेले सुरुवाती मिनेटमै गोल गरेका थिए । सन् २०१३ यता बायर्नले सबै घरेलु लिग र दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
‘जब बायर्न मसँग परियोजना सहित आयो । म यसका लागि निकै उत्सुक रहे ।’ उनले भनेका छन्, ‘उनीहरुसँग ठुलो लक्ष्य छ । निश्चित रुपमा यो विश्वको उत्कृष्ट क्लब हो । इमान्दारीतापूर्वक भन्नु पर्दा म जित्न चाहन्छु । च्याम्पियन्स लिग जित्न चाहन्छु । जब तपाईसँग हरेक चिजका लागि लड्ने टिम छ । यो सधै सजिलो विकल्प हुन्छ ।’








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)