स्विडेन सेमिफाइनलमा
शनिबार, ०७ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो ।
स्विडेनको जितमा लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् ।
उनले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् ।
अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।
स्विडेन सेमिफाइनलमा










-1770628505169.jpg&w=3840&q=75)

