जिनचेन्को आर्सनलमा अनुबन्धित
शुक्रबार, साउन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनलले युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई अनुबन्ध गरेको छ ।
आर्सनलले म्यानचेस्टर सिटीबाट डिफेन्डर जिनचेन्कोलाई अनुबन्ध गरेको हो ।
डिफेन्डर जिनचेन्कोले आर्सनलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय डिफेन्डर ६ वर्ष सिटीमा बिताएर आर्सनल आएका हुन् ।
जिनचेन्को सन् २०१६ मा सिटी आएका थिए ।

जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन् ।
उनले सिटीका लागि प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् ।
युक्रेनका लागि उनले ५२ खेलमा २८ गोल गरेका छन् ।
जिनचेन्को आर्सनलमा अनुबन्धित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)