काठमाडौं । नटिङ्घम फरेस्टका अट्याकिङ मिडफिल्डर जेसे लिंगार्डले ११ नम्बरको जर्सी लगाउने भएका छन् ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले लिंगार्डले ११ नम्बरको जर्सी लगाउने जनाएको छ ।
फरेस्टले हालै लिंगार्डलाई म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।
२९ वर्षीय लिंगार्डले फरेस्टसँग एक वर्षको सम्झौता गरेका थिए ।
फरेस्टले यस समरमा ११ औं खेलाडीको रुपमा लिंगार्डलाई अनुबन्ध गरेको हो।
लिंगार्डले यसै सिजनको अन्त्यसँगै युनाईटेड छाडेका थिए ।
इंग्ल्यान्डका लिंगार्डले युनाईटेडका लागि २ सय ३२ खेलमा ३५ गोल गरेका थिए ।
लिंगार्डले इंग्ल्यान्डका लागि ३२ खेल खेलिसकेका छन् ।
लिंगार्डले गत सिजन वेस्ट ह्यामबाट लोनमा खेलेका थिए ।