लिभरपुलका डेभिसद्वारा सम्झौता नवीकरण
शुक्रबार, ०६ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका युवा गोलकिपर हार्भे डेभिसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिभरपुलले १८ वर्षीय गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
डेभिसले लिभरपुलको सिनियर टोलीमा डेब्यु गरेका छैनन् ।
तर, जोर्गेन क्लोपको प्रि-सिजन टुरमा उनी अटाएका छन् ।
लिभरपुलको एकेडेमीमा हुर्किएका डेभिसले लिभरपुलको उमेर समूहको टोलीका महत्वपूर्ण सदस्य रहदै आएका छन्।
लिभरपुलका डेभिसद्वारा सम्झौता नवीकरण










-1770628505169.jpg&w=3840&q=75)

