किरण आबद्द माजिया च्याम्पियन
शुक्रबार, साउन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आबद्द माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष डिभिजनको धिवेही प्रिमियर लिगको उपाधि जितेको छ ।
लिग अन्तर्गत शुक्रबार डा ग्रान्डीलाई १-० गोल अन्तरले हराउँदै माजियाले उपाधि उचालेको हो ।
माजियाको जितमा टाना डोमिनगुएजले निर्णायक गोल गरे ।
माजियाले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो ।
यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।
किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए।
किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।
किरण आबद्द माजिया च्याम्पियन







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


