काठमाडौं । ब्राजिलियन डिफेन्डर डानी अल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेशनल एसीमा अनुबन्धित भएका छन् ।
मेक्सिकन क्लबले अल्भेसलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
अल्भेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब बार्सिलोना छाडेका थिए ।
अल्भेसले एक सिजन बिताएर बार्सिलोना छाडेका थिए ।
अल्भेस २०२१ मा पाँच वर्षपछि बार्सिलोना फर्किएका थिए ।
अल्भेस २०१६ मा बार्सिलोना छाड्दै इटालियन क्लब युभेन्ट्स गएका थिए ।
त्यसपछि उनले पीएसजी र साओ पाउलोबाट खेलेका छन् ।
बार्सिलोनाका लागि अल्भेसले कुल ४ सय ७ खेल खेलेका छन् ।
अल्भेसले बार्सिलोनाका लागि ६ ला लिगा जितेका छन् ।