काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ ।
एन्फाले शुक्रबार प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ए डिभिजन लिगमा एपीएफ क्लब सम्हालेका थिए ।
थापाले यस अघि पनि महिला टोली सम्हालिसकेका छन् ।
यस्तै एन्फाले वृन्दा देवानलाई महिला टोलीको टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।
विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।