जर्मनी सेमिफाइनलमा
शुक्रबार, साउन ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
जर्मनीलाई जित दिलाउन लिना मागुल र एलेक्जेन्ड्रा पपले एक एक गोल गरिन् ।
खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १-० अग्रता दिलाएकी थिइन् ।
त्यसपछि खेलको ९० औं मिनेटमा पपले गोल गर्दै जर्मनीको जित पक्का गरिन् ।
अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।
जर्मनी सेमिफाइनलमा







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


