काठमाडौं । नटिङ्घम फरेस्टले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व अट्याकिङ मिडफिल्डर जेसे लिंगार्डलाई अनुबन्धको तयारी गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले लिंगार्डलाई फ्री ट्रान्सफरमा अनुबन्धको तयारी गरेको हो ।
२९ वर्षीय लिंगार्डले यसै सिजनको अन्त्यसँगै युनाईटेड छाडेका थिए ।
इंग्ल्यान्डका लिंगार्डले युनाईटेडका लागि २ सय ३२ खेलमा ३५ गोल गरेका थिए ।
लिंगार्डले इंग्ल्यान्डका लागि ३२ खेल खेलिसकेका छन् ।
लिंगार्डले गत सिजन वेस्ट ह्यामबाट लोनमा खेलेका थिए ।