काठमाडौं । नेपाली यू-१० राष्ट्रिय फुटबल टोलीका फरवार्ड दिपेश राई भोलि शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड दिपेश शुक्रबार डिस्चार्ज हुने जनाएको छ ।
यू-२० राष्ट्रिय टोलीको प्रशिक्षणको दौरान चोट बोकेपछि दिपेश बीएनबी अस्पताल भर्ना भएका थिए ।
दिपेशले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको मैत्रीपूर्ण खेल दौरान चोट बोकेका थिए । उनले दाहिने खुट्टाको एन्कलमा चोट बोकेका थिए ।
चोटकै कारण उनले भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल गुमाउने छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले उनको स्थानमा अर्का फरवार्ड रोहित सुब्बालाई टिममा बोलाएका छन्।
दिपेशको स्वास्थ्यस्थिति बुझ्न बिहीबार एन्फाका अध्यक्ष पंकज नेम्बाङ, महासचिव किरण राई र टिम म्यानेजर दिवाकर घले अस्पताल पुगेका थिए ।