काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराए ।
आयुष टोलीका अनुभवी खेलाडी हुन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् ।
आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।
नेपालले साफ यू-२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरःअमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी