सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीका रत्न सातौं पटक च्याम्पियन

शनिबार, ०१ मंसिर २०७५खेलपाटी संवाददाता
आर्मीका रत्न सातौं पटक च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले लगातार सातौं पटक पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ शनिबार भएको आठौं संस्करणको फाइनलमा एपीएफ क्लबका दिपेश धामीलाई पराजित गर्दै रत्नले सातौं पटक उपाधि जितेका हुन् । 

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनलमा रत्नले दिपेशलाई २१-११ र २१-१६ को सेटमा पराजित गर्दै किर्तीमानी उपाधि जितेका हुन् । उपाधिसंगै रत्नले नगद ५० हजार प्राप्त गरेका छन् । दिपेशले २० हजार नगदमा चित्त बुझाए । तेस्रो भएका आर्मीका नविन श्रेष्ठ र रुकेश महर्जनले समान १०/१० हजार हात पारे ।

महिला एकलतर्फको उपाधि आर्मीकी नङ्गशल देवी तामाङ्गले जितिन् ।  फाइनलमा नङ्गशलले आर्मीकै रशिला महर्जनमाथि २२-२०, १५-२१ र २१-१८ को सेटमा जित निकालिन । उपाधिसंगै नङ्गशलले ५० हजार र उपविजेता महर्जनले २५ हजार प्राप्त गरे । तेस्रो भएका एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले समान १०/१० हजार प्राप्त गरे ।

पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ्ग र नविन श्रेष्ठले उपाधि जिते । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२-२०, २०-२२ र २१-११ को कठिन जित निकाल्दै उपाधी जिते । आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी तेस्रो स्थानमा रहे । शीर्ष  तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार नगद प्राप्त गरे ।

महिला युगलतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पार्यो । श्रेष्ठ र गुरङ्गको जोडीले आर्मीका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१-१३, २१-१४ को सोझो सेटमा हराए ।   जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा आर्मीका मिता गिरी र अनुमाया राई जोडीले तेस्रो भए ।

यस स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार नगद प्राप्त गरे ।

यू-१७ ब्वाईजतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मीका दिवस शंकरलाई २१-१६, २१-५ को सहज जित निकाल्दै उपाधि जिते । दाहालले नगद १५ हजार प्राप्त गर्दा दिवसले ७ हजार प्राप्त गरे ।

यसैगरि गल्र्सतर्फको आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१-५, २१-५ ले पाखा लगाउँदै उपाधि हात पारिन् । महर्जनले नगद १५ हजार प्राप्त गर्दा रञ्जनाले नगद ७ हजार प्राप्त गरिन् ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा