काठमाडौं । युरो २०२२ मा आज राति पौने एक बजे जर्मनीले अस्ट्रियाको सामना गर्नेछ । इंग्ल्यान्डको प्रतियोगिता सुरु हुन अगाडि जर्मनीबारे अनेक अडकलबाजी थिए, सायद यो टिम त्यति राम्रो छैन्, जति पहिला थियो भनेर । तर लिग चरणमा तीनै खेलमा जसरी जर्मनीले खेलेको छ, त्यसले यी सबै अडकलबाजीलाई खण्डन गरेको छ ।
जर्मनी स्पेन, डेनमार्क र फिनल्यान्ड ‘ग्रुप अफ डेथ’ मा थियो, तर जर्मनी सबै खेलमा विजयी रह्यो, शतप्रतिशत प्रदर्शन गर्दै । मार्टिन भोस टेकलेनबर्गको टिम समूह चरणमा बाँकी सबै प्रतिद्वन्द्वीमाथि हाबी रह्यो । जर्मनीले नौ गोल गरेर नौ अंक बटुलेको थियो । यसबीच एक गोल पनि खाएन् ।

पाँच वर्ष अगाडिको युरोमा अस्ट्रिया आश्र्चजनक रूपमा सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ को उपविजेता बन्न उसले नर्वेलाई हराएको थियो । इंग्ल्यान्डविरुद्ध पनि अस्ट्रियाले पेस गरेको चुनौती बलियो नै थियो, त्यसैले त खेलको नतिजा १–० को हार मात्र रह्यो । जर्मन प्रशिक्षक टेकलेनबर्ग भन्छिन्, ‘सायद हामी अस्ट्रियाका तुलनामा केही बलियो छौं, तर हामीले त्यसलाई मैदानमा प्रमाणित गर्नु पर्नेछ ।’
–एएफपीको सहयोगमा ।