केभिन चम्किदा सिटीको जित
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
टेक्ससमा बिहीबार बिहान भएको खेलमा सिटीले क्लब अमेरिका २-१ गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले दुई गोल गरे ।
क्लब अमेरिकाका हेनरी मार्टिनले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४३ औं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
केभिन चम्किदा सिटीको जित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)