काठमाडौं । इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्यान विल्शेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
इंग्ल्यान्डका पूर्व मिडफिल्डर ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
ज्याकले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
१६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका ज्याकले आर्सनलका लागि १ सय ९७ खेल खेलेका थिए ।
सन् २०१८ मा आर्सनल छाडेका उनले क्लबबाट दुई पटक एफए कप जितेका थिए ।
आर्सनलपछि उनले वेस्ट ह्याम, बोल्टन, बर्नेमाउथ लगायतका क्लबबाट खेलेका थिए ।
उनले इंग्ल्यान्डका लागि ३४ खेल खेलेका थिए ।
ज्याकले इंग्ल्यान्डबाट लागि २०१४ को विश्वकप र २०१६ को युरोकप खेलेका थिए ।